सोमबार, जेठ १८, २०८३

शुक्रबार र शनिबार यी नदीमा बाढीको जोखिम

 |  बिहीबार, असोज १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

मनसुन सक्रिय बनेर देशभर भीषण वर्षा हुने भएपछि बाढी पूर्वानुमान महाशाखाले आइतबारसम्म बाढीको जोखिम रहेका नदीको सूची सार्वजनिक गरेको छ।

National life

बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार र शनिबार बाढीको उच्च जोखिम र अति उच्च जोखिम छ। 
महाशाखाका अनुसार शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश नदीमा बहावले सतर्कता तह पार गर्ने पूर्वानुमान छ। सोमबारदेखि भने न्यून चापीय प्रणाली कमजोर बनेर वर्षा कम हुने अनुमान छ।

नारायणी नदीको देवघाट क्षेत्रमा शुक्रबार बाढीको उच्च जोखिम छ भने शनिबार अति उच्च जोखिम छ। शुक्रबार कन्काईको मैनाचुली क्षेत्र र कमला नदीको बेलसोत क्षेत्रमा उच्च जोखिम छ। त्यस्तै, बागमती नदीको पधेरादोभान क्षेत्रमा शुक्रबार उच्च जोखिम र शनिबार अति उच्च जोखिम रहेको महाशाखाले विशेष बुलेटिनमार्फत् जनाएको छ।

पूर्वीराप्तीको रजैयामा शनिबार उच्च जोखिम छ। त्यस्तै, पश्चिम राप्तीको कुसुम क्षेत्र र बबईको चेपाङ क्षेत्रमा शनिबार अति उच्च जोखिम छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म भीषण वर्षाको आकलन गरेर ५६ जिल्लामा रेडअलर्ट जारी गरिसकेको छ। सोही आधारमा विपत् जोखिम न्यूनीकरण प्राधिकरणले पनि हिमाल र पहाडका ४२ जिल्लामा शुक्रबार र शनिबार रात्रिबस नचलाउन भनिसकेको छ।

Shivam cement

प्रकाशित: Sep 26, 2024| 19:03 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्