सोमबार, जेठ १८, २०८३

जितिया पर्वमा नुहाउन नदीमा पसेका ४६ जनाको मृत्यु 

 |  बिहीबार, असोज १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१
National life
Shivam cement

भारतको बिहार राज्यमा जितिया पर्वका अवसरमा तलाउ र नदीहरूमा नुहाउने क्रममा डुबेर ४६ जनाको मृत्यु भएको छ। 

बीबीसी हिन्दीका अनुसार तीमध्ये ३७ जना बालबालिका छन्। बिहार सरकारको आपदा प्रबन्धन विभागका अनुरार राज्यको अलग अलग जिल्लामा जितिया पर्वको अवसरमा यो दुर्घटना भएको हो। मृतकमध्ये दुई जना पुरुष छन्। तलाउमा डुबेर सबैभन्दा धेरै आठ-आठ जना औरंगावाद र क्यामुर जिल्लामा मृत्यु भएको छ।

दक्षिण बिहारका जिल्लाहरूमा साधारणतय तलाउमा पानी कम हुन्छ। तर,  विभागका अनुसार यो वर्ष धेरै वर्षा भएकाले तलाउमा पानी धेरै थियो। राज्यको रोहतास, अरवल, नालंदा, सीवान र बक्सरसमेत केही अन्य जिल्लामा पनि महिला र बालबालिकाको नुहाउने क्रममा मृत्यु भएको छ। 
 

प्रकाशित: Sep 26, 2024| 18:59 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्