बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुपथ मूल्य पसल सञ्चालन गर्दै पोखरा महानगरपालिका

 |  बिहीबार, असोज १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

गण्डकी- पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।

triton college

महानगरपालिकाले यही असोज ११ गतेदेखि  पोखरा-८ स्थित  सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार चाडबाडमा उपभोक्तालाई केही न केही राहत पुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो।

पोखराको लेखनाथ क्षेत्रमा पनि सुपथ मूल्य पसल खोल्ने सम्बन्धमा कर्मचारी उपलब्ध भएमा सञ्चालन गर्न सकिने कुरा आएकाले त्यसबारे पनि सम्बद्ध पक्षसँग छलफल बढाइएको उनले बताए।

सुपथ मूल्य पसलमा चिनी, नुन, तेल, पीठो, मैदा, चामललगायतका सामानहरू पाइने जनाइएको छ। रासस

प्रकाशित: Sep 26, 2024| 18:01 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बदलिँदै दुर्गमको परिचय

बदलिँदै दुर्गमको परिचय

करिडोरले दुई प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोड्दै छ। करिडोरले यी क्षेत्रको कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादनमा समेत ठुलो...