बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमा रहने

 |  बुधबार, असोज ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज ९, २०८१

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

triton college

बुधबार म्याद थपका लागि उनलाई काठमाडौं जिल्ला अदालत पेस गरिएकोमा न्यायाधीश श्यामविहारी मौर्यले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्।

आइतबार उनलाई साइबर ब्युरोले उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। सोमबार उनलाई अदालत पेस गरिएको थियो। त्यतिबेला उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको थियो।

मंगलबार बयान लिन प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरिएको थियो। सरकारी वकिल कार्यालयमा उनीसँग दुई घण्टा बयान लिइएको थियो।

उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसारको कसुर गरेको भन्दै जाहेरी परेको थियो। उनका छोरा निराजनले सोमबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

Metro Mart
vianet

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले म‌ंगलबार विपक्षीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्युरोको नाममा कारण देखाउ आदेश जारी गरेको छ। प्रसाईंलाई छाड्न अस्वीकार गर्दै १५ दिनभित्र जबाफ माग गरिएको हो।

प्रकाशित: Sep 25, 2024| 18:52 बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बदलिँदै दुर्गमको परिचय

बदलिँदै दुर्गमको परिचय

करिडोरले दुई प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोड्दै छ। करिडोरले यी क्षेत्रको कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादनमा समेत ठुलो...