सोमबार, जेठ १८, २०८३

जुम्लामा नुनको अभाव छैन : साल्ट ट्रेडिङ

 |  बुधबार, असोज ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज ९, २०८१

जुम्ला- साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६० क्विन्टल नुन मौज्दात रहेको छ। दसैँतिहार पर्वलगायत अन्य समयका लागि शाखा कार्यालय जुम्लामा नूनको अभाव नहुने कार्यालका प्रमुख नगेन्दबहादुर थापाले जानकारी दिए।

National life

जिल्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको कार्यालयमा पर्याप्त मात्रमा नून मौज्दात रहेको उनले बताए। यहाँस्थित डिपोमा अहिले एक हजार १६० क्विन्टल नुन मौज्दात रहेको जनाइएको छ।

यही असोज ६ देखि १५ गतेसम्म चन्दननाथ नगरपालिकासहित पातारासीका, गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका स्थानीयवासीलाई वडाको सिफारिसका आधारमा नुन वितरण गरिएको छ। 

प्रमुख थापाले भने, 'सिंजाको नराकोट डिपोबाट हिमा र सिञ्जा गाउँपालिका र गुरुचौर डिपोबाट कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीलाई नुन वितरण गरिएको छ। यस आर्थिक वर्षमा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार क्विन्टल नूनको कोटा रहेको छ। जिल्लामा नूनको अभाव हुने छैन।' 

वडाबाटै नुन वितरण गर्न आवश्यक व्यवस्था मिलाइएको छ। कार्यालयले सिञ्जाको नराकोट डिपो, कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपो र सदरमुकामस्थित खलंगा बजारको कार्यालयबाट नुन वितरण गर्दै आएको छ। रासस

Shivam cement

प्रकाशित: Sep 25, 2024| 16:35 बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्