सोमबार, मंसिर २९, २०८२

दाङमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

 |  बुधबार, असोज ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज ९, २०८१

National life
Laxmi sunrise bank
kumari

दाङ- दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो।

चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

चट्याङमा परेर ४२ वर्षीया निमकली साहु र उनकी छ वर्षीया छोरी सविना साहु घाइते भएकामा दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 25, 2024| 14:28 बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्