बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बढी मूल्यमा सामान बेचे कारबाही, मूल्यसूची अनिवार्य

 |  बुधबार, असोज ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज ९, २०८१

काठमाडौं महानगरपालिकाले व्यापारव्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई मूल्यसूची पसलको अग्रभागमा राख्न सचेत गराएको छ।

triton college

महानगरपालिकाले आज एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल (पसल) बाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुका बारेमा मूल्यसूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्न आग्रह गरेको हो।

यसैगरी महानगरले महानगरले अंकित अधिकतम मूल्यभन्दा बढी मूल्य नलिन, वस्तुको उपभोग मिति ख्याल गर्न तथा खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम राख्न सचेत गराएको छ। 

अनुगमनका क्रममा सूचना विपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

प्रकाशित: Sep 25, 2024| 09:55 बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बदलिँदै दुर्गमको परिचय

बदलिँदै दुर्गमको परिचय

करिडोरले दुई प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोड्दै छ। करिडोरले यी क्षेत्रको कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादनमा समेत ठुलो...