सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • फेसबुक लाइभमा रविले भने- गोर्खा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु

फेसबुक लाइभमा रविले भने- गोर्खा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु

 |  मंगलबार, असोज ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ८, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले अनधिकृत रुपमा गोर्खा मिडियामा आएको पैसाको विषयमा आफू जिम्मेवार हुने बताएका छन्। 

National life

संसदीय विशेष छानबिन समितिले आफूले अनधिकृत रुपमा सहकारीबाट पैसा नल्याएको प्रतिवेदन दिएको स्मरण गराउँदै उनले गोर्खा मिडियामा आएको पैसाको जिम्मेवारी आफूले पनि लिने बताएका हुन्। उनी ग्यालेक्सी टिभी चलाउने गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक हुन्। 

‘समितिले सहकारी ठगीमा मेरो संलग्नता छैन भनेको छ। समितिकै सभापति (सूर्य थापा)ले अन्तर्वार्तामा भनिसक्नुभयो। म संस्थामा भएको बेला आएको पैसाको जिम्मेवारी लिन्छु। कार्यरत भएको बेलाको जिम्मेवारी लिन्छु, म भागेको छैन। समितिको कुरा अक्षरशः पालना गर्नुपर्छ। यसका लागि कमिटेड छु,’ मंगलबार फेसबुक लाइभमा लामिछानेले भने।

आफू कार्यरत रहेको बेलामा पैसा आएको विषयमा कानुनी कारबाहीको सिफारिस गरेको विषय मान्ने लामिछानेले स्पष्ट पारेका छन्। ‘आफू कार्यरत रहेको बेलामा पैसा आएको विषयमा कानुनी कारबाहीको सिफारिसको विषयलाई नकार्न मिल्दैन। म रहेको कार्यकालमा भएको गैरकानुनी कुराको नैतिक, कानुनी र आर्थिक जे जिम्मेवारी लिनुपर्छ, म तयार छु। पछाडिको कुरालाई मैलै बंग्याउन मिल्दैन। समितिको सुझावलाई नकार्न सक्दैनौं। तर अनियमित तबरले गोर्खा मिडियामा रकम ल्याउने कुरामा म संलग्न छैन भन्नेमा दुईमत छैन,’ पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले भने।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारासहितका सहकारीबाट ६५ करोड रुपैयाँ अनधिकृत रुपमा गोर्खा मिडियामा आएको प्रतिवेदन हालै सार्वजनिक गरेको छ। यो रकममध्ये गोर्खा मिडियामा प्रबन्ध निर्देशक हुँदा लामिछानेले एकल रुपमा २३ करोड रुपैयाँको चेक काटेको पाइएको छ। यसरी आएको रकम अपचलनमा समितिले लामिछानेसहित गोर्खा मिडियाका सञ्चालक जीबी राई, छविलाल जोशी बञ्जाडे र मदनकुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 24, 2024| 19:49 मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्