बिहीबार, भदौ ४, २०८३

दक्षिणकाली-सिस्नेरी-कुलेखानी सडक १२ दिन बन्द

 |  मंगलबार, असोज ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ८, २०८१

काठमाडौं- दक्षिणकाली भएर हेटौंडा पुग्ने कुलेखानीसम्मको सडक खण्ड १२ दिन बन्द हुने भएको छ।

अहिले कालोपत्रेको काम भइरहेकालेले मंगलबार (असोज ८) गतेदेखि १९ गतेसम्म (१२ दिन) बन्द हुने दक्षिणकाली नगरपालिकाले जानकारी दिएको छ।

राजधानी पूर्वाधार विकास विशेष आयोजनाअन्तर्गत रहेको उक्त सडक खण्ड अहिले निर्माणाधीन छ।

'हेटौंडा, मकवानपुरबाट सञ्चालन भइरहेको कुलेखानी सिस्नेरी छैमले दक्षिणकाली सडक (दक्षिणकाली–छैमले खण्ड) कालोपत्रे कार्य सुरु हुन गएको हुँदा उक्त खण्डमा मिति असोज ८ गतेदेखि असोज १९ गतेसम्म १२ दिनको लागि सवारीसाधन आवतजावत बन्द हुने भएकोले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गर्दछौं,’ सूचनामा भनिएको छ।

उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडक खण्ड, कान्तिलोकपथ सडक खण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडक खण्डबाट सञ्चालन गर्न अनुरोध गरिएको छ।

यो बागमती प्रदेशको राजधानी हेटौंडादेखि काठमाडौं जोड्ने छोटो दुरीको मार्ग हो। २०५४ सालदेखि उक्त मार्ग सञ्चालनमा ल्याइएको भए पनि स्तरोन्नति नहुँदा यात्रुले दुःख पाउँदै आएका छन्।

प्रकाशित: Sep 24, 2024| 10:57 मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्