सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • तिमिल्सेनासहित पाँचजनालाई 'हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार'

तिमिल्सेनासहित पाँचजनालाई 'हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार'

 |  मंगलबार, असोज ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ८, २०८१

काठमाडौं- नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजिन प्रतिष्ठान शाखाद्धारा स्थापित ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण गरिएको छ।

National life

उक्त पुरस्कार कान्तिपुरकर्मी होम कार्की, प्रकाश चन्द्र तिमिल्सेना र श्याम श्रेष्ठ तथा नेपाल टेलिभिजनकर्मी दुर्गाकुमारी भट्ट र विपिन श्रीवास्तवलाई सोमवार प्रदान गरिएको छ । पाँच पत्रकारलाई संयुक्त रुपमा रु एक लाख र ताम्रपत्र प्रदान गरिएको छ ।

'पत्रकार हरेक हिसाबले जोखिममा छन्, यद्यपि, आफ्नो जिम्मेवारी पूरा गरिहएका छन्”, पुरस्कार हस्तान्तरण गर्दे उनले भने,‘यस क्षेत्रको सुरक्षा गर्ने दायित्व राज्यको हो र हामीले अब नीति र कानुन बनाएर पत्रकारिता जगत्लाई सहज बनाउन लागेका छौं ।”

पुरस्कृत कान्तिपुरकर्मी कार्कीले इजरायलबाट हमास–इजराइल युद्धको रिपोर्टिङ गर्दाको अनुभव बताउँदै भने,‘हामीले अन्धाधुन्द गोली र मिसाइल बज्रिरहेको अवस्थामा पत्रकारिता गरेका छौं । ज्यानकै असुरक्षा हुँदा पनि पत्रकारले रिर्पोटिङ नगरी बस्न मनले मान्दो रहेनछ, युद्ध क्षेत्रमा पुगेर रिर्पोटिङ गर्नु आफैंमा जोखिम थियो ।”

पुरस्कार छनोट समितिमा रहेका राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले विषयको छनोट, परिवेश, दृश्य र त्यसको प्रभावसमेतलाई मूल्याङ्कन गरेर पुरस्कार छनोट गरिएको बताए । “पत्रकारिता आफैँमा जोखिमपूर्ण हुन्छ,” उनले भने, “यस पुरस्कारले हरेक पत्रकारलाई जोखिम मोल्न सक्ने ऊर्जा प्रदान गर्न मद्दत गर्छ ।”

Laxmi sunrise bank
kumari

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले जोखिमपूर्ण क्षेत्रमा खटिइएर पत्रकारिता गर्न पुरस्कारले ऊर्जा प्रदान गरेको वताए ।

पुरस्कार छनोट समितिमा झासहित वरिष्ठ सञ्चारविद् मन्टेश्वरी राजभण्डारी, नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शाह, समाचार प्रमुख पुष्पहरि क्याम्पा राई र प्रतिष्ठान अध्यक्ष हमाल सदस्य थिए । सो अवसरमा नेपाल टेलिभिजनका ज्येष्ठ कर्मचारी सरस्वती शर्मा र सुधीरकुमार मिश्रसमेतलाई सम्मान गरिएको थियो ।

प्रकाशित: Sep 24, 2024| 06:44 मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्