सोमबार, मंसिर २९, २०८२

मौसमी फेरबदलले कृषिमा कस्तो पर्न सक्छ असर ?

 |  मंगलबार, असोज ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ८, २०८१

काठमाडौं- आगामी केही दिन देशभरको मौसममा बदलाव आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

National life

विभिन्न स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।  

महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दाअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ। 

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षा हुनेछ। केही स्थानमा मध्यम र एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

Laxmi sunrise bank
kumari

बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Sep 24, 2024| 06:27 मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्