मंगलबार, पुस १, २०८२

एकाबिहानै जिप्रकाबाट भागे आठ थुनुवा

 |  सोमबार, असोज ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज ७, २०८१

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट आठ जना थुनुवा फरार भएका छन्।

National life

विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ९ जना भागेको र तीमध्ये एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

भागेकामध्ये एक जनकपुरबाट पक्राउ परेका हुन्। आज बिहान करिब ४ बजे थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेका हुन्। उनीहरु १० जना एउटा कोठामा थिए। तीमध्ये एकजना मात्रै भाग्न मानेनन् बाँकी सबै भेन्टिलेशन फोडेर त्यहीँबाट निस्केर भागेका छन्। सेन्ट्री बाहिर खटिएका भए पनि थाहा पाएनन्।

फरार भएकाहरुमा जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठा बस्ने अमित कुमार झा, विदेह नगरपालिका-७ गिद्धा बस्ने रंजित मण्डल, सोही ठाउँ बस्ने रोशन कुमार मण्डल र सिरहा नगरपालिका-१३ बस्ने अभास्कर कुमार यादव रहेका छन्। खैरो हिरोइन सहित पक्राउ परेका चारै जना लागु औषध मुद्दामा थुनामा थिए।

फरार भएका धनुषाको औरही गाउँपालिका-२ देउरी परबाहा बस्ने विशाल मुखिया समेत लागुऔषध मुद्दामै थुनामा थिए। जनकपुरधाम उपमहानगरपालिका-१ बस्ने सुमित मेस्तर, नगराइन नगरपालिका-२ बस्ने मनिष मण्डल र जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने बिक्की कार्की अभद्र व्यवहार मुद्दामा थुनामा थिए।

Laxmi sunrise bank
kumari

फरार भएकाहरुलाई कसैलाई देखेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: Sep 23, 2024| 07:42 सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्