बुधबार, असार १८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सहकारी ठगी प्रकरण: गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी पक्राउ

सहकारी ठगी प्रकरण: गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी पक्राउ

 |  आइतबार, असोज ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ६, २०८१

vianetvianet

काठमाडौं- नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन्। सहकारी ठगी प्रकरणमा मुछिएका जोशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।

उनीमाथि सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप छ। गोर्खा मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका जोशीलाई संसदीय विशेष छानबिन समितिले पनि कारबाही गर्न सिफारिस गरेको थियो।

गोर्खा मिडियाका अर्का सञ्चालक जीबी राई भने फरार छन्। गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथि पनि कारबाहीको लागि सिफारिस गरिएको छ।

उनी अहिले सांसद छन्। लामिछानेले सहकारीबाट रकम ल्याउने काम नगरेको तर सहकारीबाट आएको रकम अपचलन गरेको आरोप छ।

प्रकाशित: Sep 22, 2024| 17:51 आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्