बुधबार, चैत १८, २०८२

यस्तो छ सहकारी छानबिन समितिको प्रतिवेदन [पूर्णपाठ]

 |  शुक्रबार, असोज ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ४, २०८१

काठमाडौं- सहकारी रकम दुरुपयोग संसदीय छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ।

National life

नेकपा एमालेका सांसद सूर्य थापा संयोजक रहेको सात सदस्यीय छानबिन टोलीले तयार पारेको पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक भएको हो। ११ सय २४ पृष्ठ लामो प्रतिवेदन प्रतिनिधि सभाले वेबसाइटमा सार्वजनिक गरेको छ।

भदौ ३१ मा समितिले प्रतिनिधि सभालाई छानबिन प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनले पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न सहकारीबाट ग्यालेक्सी टेलिभिजनमा तत्कालीन प्रवन्ध निर्देशक हुँदा मासिक ६ लाखका दरले तलबका नाममा १ करोड ४ लाख रुपैयाँ बुझेको देखाएको छ।

प्रतिवेदनमा गोरखा मिडिया नेटवर्क प्रालिबाट ६ करोड ९२ लाख ९७ हजार ४ सय ५२ रुपैयाँ पेस्की लगेको देखिएको छ। प्रतिवेदनका अनुसार तत्कालीन गोरखा मिडियाका अध्यक्ष जीबी राई र उनका आफन्तबाट करिब २ अर्ब ५८ करोड सहकारीको रकम अपचलन भएको छ।

गोरखा मिडियाले सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता र सहारा सहकारीबाट लिएको रकम अपचलन गरेको प्रतिवेदनले देखाएको छ।

kumari

पढ्नुस् पूर्ण प्रतिवेदन

प्रकाशित: Sep 20, 2024| 14:44 शुक्रबार, असोज ४, २०८१
प्रतिक्रिया दिनुहोस्