बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कार्यक्रमको अघिल्लो दिन दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

कार्यक्रमको अघिल्लो दिन दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

 |  बुधबार, असोज २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज २, २०८१

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा प्रसाईंलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले बुधबार प्रहरीलाई अनुमति दिएको हो।

उनीसँगै जीवन पाण्डे र दुर्गा खनाललाई पनि पक्राउ गर्न जिल्ला अदालतबाट प्रहरीलाई अनुमति प्राप्त भएको छ। उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो। उनीहरूलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो।

प्रसाईंले भोलि बिहीबार सर्लाहीको लालबन्दीमा र्‍याली आयोजना गरेका छन्। यसलाई बिथोल्न सरकारले आफूविरुद्ध पक्राउ पुर्जी जारी गराएको आरोप उनले लगाएका छन्। उनी अहिले काठमाडौंमै छन्।

 

प्रकाशित: Sep 18, 2024| 17:26 बुधबार, असोज २, २०८१
प्रतिक्रिया दिनुहोस्