बिहीबार, असोज ३, २०८१

सेती नदीमा ट्याक्टर खस्दा तीन जना घाइते, दुई बेपत्ता

 |  बुधबार, असोज २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २, २०८१

सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन्।

triton college

बुधबार बिहान करिब ९:३५ बजे दुर्गाथली गाउँपालिकाको मौरीबगरबाट झनानातर्फ गइरहेको सुपप्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर तल सेती नदीमा खसेको थियो।

ट्याक्टर चालक जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय सन्‍जय बुढा र सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती सेती नदीमा बगेर बेपत्ता भएका छन्।

यस्तै ट्याक्टरसँगै खसेका जाजरकोटकै त्रिवेणी नलगाड नगरपालिकाका १५ वर्षीय हेमराज विक, २१ वर्षीय सपेन्द्र विक र १३ वर्षीय नीरज विकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उद्धार गरिएका तीनै जना सामान्य घाइते रहेको र उनीहरूको केदारस्युँ गाउँपालिका-९ झोता बजारमा रहेको भैरव स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। बेपत्ता भएका चालक बुढा र घर्तीको डिएसपी युवराज भण्डारीसहित प्रहरी टोली र स्थानीयले खोजी गरिरहेका छन्।

Metro Mart
vianet

ट्याक्टर दुर्गाथली गाउँपालिकाका देव ओडको रहेको र सेती लोकमार्गअन्तर्गत झनाना-जडार सडक खण्डमा दिव्या ज्योति कन्ट्रक्सनले भाडामा लिएको प्रहरीले जनाएको छ।

बेपत्ता र घाइते सबै जाजरकोटबाट उक्त सडक खण्डमा काम गर्न मजदुरको रूपमा बझाङ आएको प्रहरीको भनाइ छ।

प्रकाशित: Sep 18, 2024| 13:31 बुधबार, असोज २, २०८१
प्रतिक्रिया दिनुहोस्