सोमबार, जेठ १८, २०८३

खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव भेटियो

 |  मंगलबार, असोज १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १, २०८१
National life
Shivam cement

नुवाकोट- यहाँको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ।

मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका–३ का हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएर बेपत्ता बनाएको थियो। ७२ वर्षीय अधिकारीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए।

उनका अनुसार स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले दुप्चेश्वर–६ स्थित गोडापुलस्थित तादी खोलामा शव फेला पारेको हो। मन्दिर दर्शनको लागि परिवारसहित काठमाडौँबाट दुप्चेश्वर आएका अधिकारी स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए। 

प्रकाशित: Sep 17, 2024| 15:10 मंगलबार, असोज १, २०८१
प्रतिक्रिया दिनुहोस्