बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सहकारी बचत रकम दुरूपयोगसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

सहकारी बचत रकम दुरूपयोगसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

 |  सोमबार, भदौ ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ३१, २०८१

सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले सोमबार प्रतिवेदन पेस गरेको छ। समितिका सभापति सूर्य थापाले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गरेका हुन्।

सभापति थापाले तथ्यको माध्यमबाट सत्य खोज्ने पर्यत्न गरिएको बताए। समितिले ५६ वटा बैठक गरेको पनि थापाले जानकारी दिए।

उनले विभिन्न क्षेत्रका चार सय ५१ जना व्यक्तिसँग जानकारी र सुझावमूलक अन्तर्क्रिया पनि गरेको बताए। समितिले १४ वटा बैठकमा सहकारी बचत रकमको अपचलन र दुरूपयोगमा आरोपित ४७ जना सहकारी सञ्चालकहरू, गोर्खा मिडिया प्रालिका  सञ्चालक तथा कर्मचारीसमेत तीन जनासहित ५५ जनासँग सोधपुछसमेत गरेको उनको भनाइ छ।

समितिले कार्यादेशमा उल्लेखित सहकारी संस्थासहित ४० वटा संस्थाहरूको वित्तीय विश्लेषण गरेको उनले जानकारी दिए।

प्रकाशित: Sep 16, 2024| 15:03 सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्