बिहीबार, पुस ३, २०८२

मनसुनयता विपद्‍बाट २२५ को मृत्यु, ४९ जना बेपत्ता

 |  सोमबार, भदौ ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ३१, २०८१

काठमाडौं- पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपदबाट हुने मानवीय क्षतिका घटनामा  बढोत्तरी भएको छ।

National life

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट दुईसय २५ जनाको मृत्यु भएको पाइएको हो।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले सो अवधिमा ४९ जना बेपत्ता र दुईसय ८४ जना घाइते भएको जानकारी दिए।

प्रभावित परिवारको सङ्ख्या भने अलि कम रहेको पाइएको छ। प्राधिकरणले ९० दिन (जेठ २८-भदौ २२)सम्मको अवस्था प्रतिवेदन आइतबार सार्वजनिक गर्दै मनसुनजन्य विपद् प्रभावित परिवार सङ्ख्या चार हजार छ सय १५ पुगेको जानकारी गराएको छ।

गत वर्ष यसै अवधिमा मनसुन सुरु भएको ९० दिनको अवधिमा ८५ जनाको मृत्यु, २९ जना बेपत्ता, एक सय २६ जना घाइते भएका थिए। विपद् प्रभावितको परिवारको सङ्ख्या भने ६ हजार ३० रहेको थियो। यो मनसुनमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेस प्रदेशमा पाँच जनाको मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

यस वर्ष मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट एक सय ३५ जना र सबैभन्दा कम भारी वर्षाबाट एक जनाको मृत्यु भएको पनि प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। यस्तै बाढीबाट ४९ र चट्याङबाट ४० जनाले ज्यान गुमाएका छन्।

गत असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्ग्रान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिशूली नदीमा बेपत्ता भएकामा २४ जनाको शव फेलापरेको जानकारी गराइएको छ। कञ्चनपुरको दोधारा चाँदनीमा ऐतिहासिक वर्षा भएको उल्लेख छ। त्यहाँ जल मापनको ७७ वर्षको इतिहासमा सबैभन्दा धेरै छ सय २४ मिलीमिटर वर्षा भएको थियो। रासस

प्रकाशित: Sep 16, 2024| 14:46 सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्