काठमाडौंका कपन, पानीपोखरी, सुन्दरीजल, बूढानीलकण्ठ, बबरमहल र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागले पछिल्लो एक घण्टामा भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।
विभागले वाग्मती धोबीखोला, विष्णुमती नदीमा बहाव बढ्ने सम्भावना रहेकाले नदीको तटीय क्षेत्रमा सोमबार बिहानसम्मै सतर्क रहन आग्रह गरेको छ । विभागले नदी आसपास क्षेत्रबाट यात्रा गर्दा पनि सतर्कता अपनाउन भनेको छ।