बुधबार, चैत १८, २०८२

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय

 |  आइतबार, भदौ ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१

National life
kumari

स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते आइतबार उपचुनाव गर्ने निर्णय गरेको हो।

मन्त्रिरिषद् बैठकले निर्वाचन आयोजका पदाधिकारीसँगको छलफलपछि आयोगकै सुझावका आधारमा उपनिर्वाचनको मिति घोषणा गरेको हो। 

तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छन्। काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि खाली भएको छ।
 

प्रकाशित: Sep 15, 2024| 19:16 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्