सोमबार, असार १, २०८३

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर अन्त्य गरियो संसद्‍ अधिवेशन

 |  आइतबार, भदौ ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१

सरकारले संघीय संसद्को दुवै सदन अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै सदनको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

National life

सरकार प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङका अनुसार सोमबार राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गर्न सिफारिस भएको हो। 

सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ। तर त्यसअघि आजै मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर अधिवेशन अन्त्य गरिएको हो। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सारेर दुई बजे हुँदै ३:१५ बजेसम्म पुर्‍याइएको थियो। 

अपराह्न ४ बजेसम्म पनि बैठक बस्ने अवस्था नदेखिएपछि सभामुख देवराज घिमिरेले सूचना टाँसेर बैठक स्थगित गरेका थिए।

नेकपा माओवादी केन्द्रले सं‌सद्बाट हिंसा शब्द रेकर्डबाट हटाउन माग गर्दै आएको छ। उक्त शब्द रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने माओवादीको अडान छ। 

Shivam cement

प्रकाशित: Sep 15, 2024| 19:13 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्