बिहीबार, असोज ३, २०८१

सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैनः प्रचण्ड

 |  आइतबार, भदौ ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१

triton college
Metro Mart
vianet

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन्।

माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताए । “नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन”, अध्यक्ष दाहालले भने।

उनले नेकपा (एमाले) र नेपाली कांग्रेससहितको सरकार अगाडि बढ्ने र फेरि आफूहरूसँग मिल्न नआइदिए हुन्थ्यो भन्ने लागेको धारणा राखे।
 

प्रकाशित: Sep 15, 2024| 18:07 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्