बुधबार, चैत १८, २०८२

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्न सुझाव

 |  आइतबार, भदौ ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१

निर्वाचन आयोगले आगामी मंसिर १६ गते (आइतबार) स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न सुझाव दिएको छ। 

National life

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले भेट गरेर मंसिर १६ गतेको मिति तोक्न परामर्श दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको  बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो।

भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरे।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए। 

kumari

प्रकाशित: Sep 15, 2024| 18:01 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्