बुधबार, चैत १८, २०८२

तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध

 |  आइतबार, भदौ ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१

बझाङ- बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ। बिहीबारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो।

National life

शुक्रबार साँझदेखि आएको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन्।

पहिरो निरन्तर आइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिए। उनले केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छाउन तयारी अवस्थामा राखे पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक सञ्चालन नभएको बताए।

सहायक प्रजिअ जोशीका अनुसार शनिबार बिहानैदेखि अहिलेसम्म पहिरो पन्छाउनका लागि दुई वटा जेसीबी पहिरो गएका स्थान नजिक राखिएका छन्। 'माथिबाट पानीसहितको लेदो आइरहेकाले शनिबार दिनभर सञ्चालन गर्न सकिएन। पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास गर्नेछौँ', उनले भने।

शुक्रबार कैलाली तथा कञ्चनपुरबाट आएका यात्रु सामान बोकेर स्थानीय जिपमा गन्तव्यतिर गएका छन् भने बझाङबाट तराई छिर्ने सवारीका यात्रुहरु परिङाल नजिकैपर्ने बालुवाटारमा रोकिएका दुर्गाथली गाउँपालिकाका स्थानीय विक्रम जाग्रीले बताए।

kumari

गत साता पनि छविसपाथिभेरा गाउँपालिकाको तमैल बजार नजिकै पहिरो आएर दुईदिनसम्म सडक अवरुद्ध भएको थियो। रासस

प्रकाशित: Sep 15, 2024| 15:09 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्