मंगलबार, असार १७, २०८२

कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन

 |  आइतबार, भदौ ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१

vianetvianet

ललितपुर- हिजो शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि आइतबार बिहानदेखि सवारीसाधन निर्वाध सञ्चालन भएका छन्। आज आइतबार बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो।

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो। शनिबार साँझदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो।

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डले बताए। 

प्रकाशित: Sep 15, 2024| 13:39 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्