सोमबार, मंसिर २९, २०८२

सप्तरीमा माइक्रोको ठक्करबाट बालकको मृत्यु, महिला घाइते

 |  आइतबार, भदौ ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१

सप्तरी- पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ। 

National life

भारदहबाट  सुनसरीतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ३८६६ नं. को विङगरले सडक छेउ बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने कारी अधिकारीको ५० वर्षीय श्रीमती अनिता देवि अधिकारी र उनकै १० महिनाको नाती आदर्श अधिकारीलाई ठक्कर दिएको थियो।

उक्त ठक्करबाट गम्भीर घाइते भएका आदर्शको बिराट नर्सिङ होम बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुण्डीराज न्यौपानेले जनाकारी दिए। ठक्करबाट घाइते भएका अनिता देवी अधिकारीको टाउको, छाति, बाया खुट्टालगायतका भागमा चोट लागेको छ। उनको उपचार भइरहेको छ। 

प्रहरीले विङ्गर चालक सप्तरी छिनमस्ता गाउँपालिका  ७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ। उक्त घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरोध गरेका छन्।

प्रकाशित: Sep 15, 2024| 13:10 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्