आइतबार, जेठ १७, २०८३

टरिगाउँ विमानस्थलबाट अब मंगलबार पनि उडान हुने

 |  शनिबार, भदौ २९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २९, २०८१
National life
Shivam cement

दाङ- यहाँस्थित टरिगाउँ विमानस्थलमा अब मंगलबार पनि हवाई उडान हुने भएको छ।

यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मंगलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए।

उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मंगलबार दिउँसो २ बजे उडान भर्नेछ। दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएको प्रमुख सुनारले बताए।

प्रकाशित: Sep 14, 2024| 16:01 शनिबार, भदौ २९, २०८१
प्रतिक्रिया दिनुहोस्