बिहीबार, असोज ३, २०८१

हरिपरिवर्तिनी एकादशी

 |  शनिबार, भदौ २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २९, २०८१

हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीको ब्रत भन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ ।

triton college

हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल प्राप्त हुने विश्वास छ ।पौराणिक कथन अनुसार भदौ महिनाको शुक्लपक्ष एकादशीको नाम हरिपरिवर्तिनी एकादशी हो ।

आषाढ शुक्ल हरिशयनी एकादशीमा सुत्नु भएका भगवान बिष्णुले निन्द्रा अवस्थामा कोल्टे फेरेको दिन भएकाले यस एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिएको हो ।

शेषनागको पिठ्यूँमा यसै एकादशीका दिन कोल्टे फेरेका कारण तीनै लोकका स्वामी भगवान विष्णुको आज पूजा गरिन्छ । पूजापछि ताँबो, चाँदी, चामल र दही दान गरिन्छ ।

प्रकाशित: Sep 14, 2024| 09:34 शनिबार, भदौ २९, २०८१
प्रतिक्रिया दिनुहोस्