सोमबार, मंसिर २९, २०८२

चौथो पटक सर्‍यो पत्रकार महासंघको चुनाव

 |  शुक्रबार, भदौ २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २८, २०८१

काठमाडौं- नेपाल पत्रकार महासंघको निर्वाचन चौथो पटक सरेको छ। 

National life

महासंघका तत्कालिन अध्यक्ष विपुल पोख्रेलले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी असोज ५ गतेका लागि तोकिएको निर्वाचन कार्यवाहक अध्यक्ष रमेश बिष्टले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी असोज १२ गतेका लागि सरेको जानकारी गराएका हुन्।

कार्यवाहक अध्यक्ष बिष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक मिति २०८१ असोज ५ गते तीनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिनुभएपछि असहज परिस्थिति उत्पन्न भएको छ। निर्वाचनको घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ।’

अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षसँगको सहमतिमा तयार भएको मतदाता सूची शुक्रबार निर्वाचन समितिलाई हस्तान्तरण गरिएको पनि विज्ञप्तीमा जनाइएको छ। साथै, महासंघको तर्फबाट आगामी असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको जनाइएको छ।

मतदाता सूची शनिबारका दिन सार्वजनिक गरी त्यसै दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको महासंघका अध्यक्ष बिष्टले बताए।

Laxmi sunrise bank
kumari

उनले विज्ञप्तिमार्फत नै महासंघको निर्वाचन सम्पन्न गर्न महासंघका सबै समिति, सदस्य, सल्लाहकार, पूर्वअध्यक्ष र पत्रकारितासँग सम्बन्धित सबै संघ–संस्था तथा सरोकारवाला पक्षबाट सहयोग गर्न आग्रह गरेका छन्।

प्रकाशित: Sep 13, 2024| 18:34 शुक्रबार, भदौ २८, २०८१
प्रतिक्रिया दिनुहोस्