आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारमा पक्राउ

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारमा पक्राउ

 |  बिहीबार, भदौ २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। 

National life

पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालक ४८ वर्षीय श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। गत साउन ३ गते पोखरा-२ बसपार्कबाट ४२ वर्षीय प्रकाश थापामगर लागूऔषध त्रुपेन ९७ चक्कीसहित पक्राउ परेका थिए।

त्यसको अनुसन्धानका क्रममा थापामगरले उक्त लागूऔषध दिया फार्मेसीबाट खरिद गरेको बताएका थिए। त्यसको आधारमा जिल्ला अदालतबाट अनुमति लिई फार्मेसी सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको हो।

रास्वपाबाट समानुपातिक सांसद बनेका श्रेष्ठ आर्थिक लेनदेनको विवादमा परेपछि पार्टीले निस्कासन गरेको थियो।

प्रकाशित: Sep 12, 2024| 21:01 बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्