आइतबार, जेठ १७, २०८३

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन

 |  बिहीबार, भदौ २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २७, २०८१

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ। बिहीबार यचुरीको ७२ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ।

National life

राज्यसभाका पूर्व सांसद यचुरी लामो समयदेखि अस्वस्थ थिए। उनलाई अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका लागि भर्ना गरिएको थियो।

उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो। उनी विगत केहीदिनदेखि एम्सको आईसीयूमा उपचाररत थिए।

उनी सन् २०१५ देखि सीपीआईको महासचिव थिए। यचुरीले नेपालको शान्ति प्रकृयाको क्रममा नेपाली दलहरूसँगको भारतीय संस्थापनको समन्वय गर्न पनि भूमिका खेलेका थिए ।

उनले पटक-पटक नेपालको भ्रमण गरेका थिए ।

Shivam cement
 

प्रकाशित: Sep 12, 2024| 16:42 बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्