आइतबार, जेठ १७, २०८३

विदेश पठाइदिने भन्दै २३ लाखभन्दा बढी ठगी गर्ने तीनजना पक्राउ

 |  बिहीबार, भदौ २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २७, २०८१

काठमाडौं- वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै २३ लाख ८५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

National life

पक्राउ पर्नेमा काठमाडौंको सिनामंगल बस्ने सिरहाका ३० वर्षीय सुशान्त सिंह, कपिलवस्तुका ३६ वर्षीय सल्लउदिन वेग र बुढानीलकण्ठ-८ हात्तीगौँडा बस्ने तेह्रथुमका ३ वर्षीय राजु दाहाल रहेका छन्।

पक्राउ परेकामध्ये सिंहले दुई जनालाई दुबई पठाउने भन्दै आठ लाख ४० हजार ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

यस्तै पक्राउ परेका वेगले दुई जनालाई कुवेत पठाउने भन्दै सात लाख २० हजार रूपैयाँ र दाहालले तीन जनालाई क्रोएसिया पठाउने भन्दै आठ लाख २५ हजार रूपैयाँ रकम लिइ विदेश नपठाइ सम्पर्कविहिन भएको पीडितको उजुरीका आधारमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको उनले बताए।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए।

Shivam cement

प्रकाशित: Sep 12, 2024| 18:01 बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्