आइतबार, मंसिर २८, २०८२

मकवानपुरमा ६१० उद्योग बन्द

 |  बिहीबार, भदौ २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २७, २०८१

बागमती- आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा ६ सय १० वटा उद्योग बन्द भएका छन्। 

National life

मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ दुईसय ६८ र वाणिज्यतर्फका तीनसय ३६ उद्योगले लगत कट्टा गराएका छन्। आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुईसय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो।

आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको लगत कट्टा बढेको कार्यालय प्रमुख रामप्रसाद भुसालले बताए।

मकवानपुरमा आव २०८०/८१ मा नयाँ उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता घटेको छ। सो आवमा उद्योगतर्फ तीनसय ६६ र वाणिज्यतर्फ तीनसय ३५ गरी सातसय एक नयाँ उद्योग दर्ता भएका कार्यालय प्रमुख भुसालले बताए। आव २०७९/८९ मा उद्योगतर्फ पाँचसय ७९ र वाणिज्यतर्फ चारसय ३० गरी एक हजार नौ उद्योग व्यापार दर्ता भएका थिए।

आव २०८०/८१ मा उद्योगतर्फ ४६ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, एक हजार एकसय आठ वटा नवीकरण, चार सय ९८ वटाको पुँजी वृद्धि गरिएको थियो। 

Laxmi sunrise bank
kumari

सो अवधिमा वाणिज्यतर्फ १९ वटा उद्योगको नामसारी, ३१ वटा उद्योगको ठाउँसारी, आठसय ५८ वटा उद्योगको पुँजी वृद्धि, एक हजार चारसय २२ वटा उद्योगको नवीकरण भएको छ। 

नयाँ उद्योग दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा तीन करोड २२ लाख ४९ हजार नौसय १० रूपैयाँ राजस्व संकलन भएको प्रमुख भुसालले बताए। रासस

प्रकाशित: Sep 12, 2024| 20:01 बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्