बुधबार, पुस २, २०८२

क्यानडा पठाइदिन्छु भनेर १ करोड ६५ लाख ठग्ने युवक पक्राउ

 |  मंगलबार, भदौ २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २५, २०८१

वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै १ करोड ६५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

National life

पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–१ जवाड घर भएका २९ वर्षीय रणबहादुर घर्ती छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार काठमाडौंको बनस्थलीबाट पक्राउ गरेको हो।

उनले शिवराम थापा समेत ८ जनाबाट १ करोड ६५ लाख रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

क्यानडा जान ३५ लाख लाग्ने र मासिक ४ लाख रुपैयाँ कमाइ हुने आश्वासन देखाउँदै रकम असुलेर ठगी गरेको आरोप उनीमाथि छ। पक्राउ परेका घर्तीलाई कारबाहीका लागि बैदेशिक रोजगार विभाग ताहचलमा पठाइएको छ।

प्रकाशित: Sep 10, 2024| 18:40 मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्