शुक्रबार, चैत २०, २०८२

कृषि कर्जा मिलाइदिन्छु भनेर १७ लाख ठग्ने पक्राउ

 |  मंगलबार, भदौ २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २५, २०८१

काठमाडौं- कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ३१ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

National life

पक्राउ पर्नेमा बाजुराको बुढिनन्दा गाउँपालिका–१ का ४८ वर्षीय विष्णुबहादुर कार्की छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार बुढानिलकण्ठ नगरपालिका–५ न्यू कोलोनीबाट पक्राउ गरेको हो।

उनले एक व्यक्तिलाई आफू पीएचडी डाक्टर भएको परिचय दिँदै हाईप्रोफाइल व्यक्तिहरुसँग सम्बन्ध रहेको बताएका थिए। बिष्णु एन्ड सोनु प्रालि कम्पनी समेत सञ्चालन गरेको उनले बताएका थिए।

कृषि फार्म सञ्चालन गरेका ती युवालाई तपाईको फार्मको नाममा अमेरिकाबाट १४ करोड ५१ लाख ९८ हजार ५४८ रुपैयाँ कर्जा आउँदैछ २.५ प्रशिशत ब्याजदरमा भनेर कार्कीले विश्वास दिलाएका थिए।

त्यसवापत १७ लाख ३१ हजार रुपैयाँ कार्कीले लिएर ठगी गरेको पाइएको छ। पक्राउ परेका कार्कीलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
 

kumari

प्रकाशित: Sep 10, 2024| 18:34 मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्