आइतबार, जेठ १७, २०८३

लोभलालच त्यागौं, केही हुँदैन होइन, हुन्छ- अध्यक्ष बस्नेत 

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

काठमाडौं- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लोभलालच नराखी काम गरे सबै क्षेत्रमा सफलता मिल्ने भएकाले केही हुँदैन भन्ने भाष्य त्याग्न सबैलाई आग्रह गर्नुभएको छ। 
अध्यक्ष बस्नेतले नकरात्मकता त्यागेर सफलताका लागि रचनात्मक पहल लिए प्रभावकारी परिणाम आउने दृष्टान्त समेत राखेका छन्। 

National life

कामप्रति पूर्ण प्रतिवद्ध भइ गरेका ३ वटा आयोजना सफल भएको उदाहरण सामाजिक सञ्जालमार्फत सोमबार राख्दै उनले भनेका छन्- 'लोभलालच नगरी, डेडिकेटेड भई काम गर्दा  प्रभावकारी र सफल हुन्छ भन्ने यी ३ आयोजनाले देखाउँछ- सुनकोशी मरिण डाइभर्सन, नागढुङ्गा सुरूँगमार्ग र मध्य पहाडी लोकमार्ग।'

गरे के हुँदैन भन्दै अध्यक्ष बस्नेतले त्यसका लागि जनमानसमा उठेको गलत भाष्य त्याग्न सुझाव पनि राखे। यी ३ आयोजना मात्र नभै अन्य पनि उदाहरण रहेको र ती आयोजनाले देशको विकासमा विशेष स्थान राख्ने उनले उल्लेख गरे। 

'त्यसैले यहाँ केही हुदैन भन्ने गलत भाष्य छाड्दै जाउँ। नकरात्मक होइन, रचनात्मक बनौं। इमान्दार, लगनशील र कर्मठ बनेर काम गरे केही नहुने होइन, पक्कै हुन्छ,' अध्यक्ष बस्नेतको सुझाव छ। 

मिडियाको गलत प्रस्तुतिका कारण सिंगो समाजमा गलत भाष्य स्थापित भएको भन्दै काउन्सिलले केही महिनादेखि रचनात्मक पत्रकारितालाई अभियानकै रुपमा बहस चलाएको छ। काउन्सिलले बोर्ड बैठकबाट अबको पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्ने र त्यसलाई देशब्यापी बनाउने निर्णय भएको थियो। युट्युवसहित सामाजिक सञ्जालमा देखिएका बेथिति रोक्न काउन्सिलले यस्तो अभियान थालेको हो।

Shivam cement

प्रेस काउन्सिलले पछिल्लो समयमा एकपक्षीय, आधारहीन र तथ्यहीन सूचना सम्प्रेषण गर्ने युट्युवसहितका मिडियालाई कडा कानुनी कारवाही गर्दै आएको छ।

प्रकाशित: Sep 09, 2024| 21:39 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्