आइतबार, जेठ १७, २०८३

विश्वकप लिग २ को त्रिदेशीय शृंखलाका लागि नेपाली टोली घोषणा

 |  मंगलबार, भदौ २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २५, २०८१

काठमाडौं- क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ।

National life

नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

त्रिदेशीय सिरिजमा नेपाल, क्यानाडा र ओमान रहेका छन्। सिरिजको पहिलो खेल सेप्टेम्बर १६ मा नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्ने छ। यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ।

पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको नेपालले नामिबियासँग दुवै खेल हारेको थियो भने नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो।

लिग–२ को अंकतालिकामा ८ खेलबाट ६ जितसहित १२ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ। सात खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड दोस्रो तथा आठ खेलबाट आठसहित क्यानडा तेस्रो स्थानमा रहेको छ।

Shivam cement

नेपाली टोली 
रोहितकुमार पौडल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (रिजर्भ)।
 

प्रकाशित: Sep 10, 2024| 07:05 मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्