बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेस नेतृ चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत सिफारिस गर्ने सरकारको निर्णय

कांग्रेस नेतृ चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत सिफारिस गर्ने सरकारको निर्णय

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

सरकारले चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि राजदूत सिफारिस गर्ने भएको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस नेतृ यादवलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।

यादव पुनर्स्थापित प्रतिनिधि सभाको उपसभामुख, कांग्रेसकी पूर्वकोषाध्यक्ष, पूर्व शिक्षामन्त्री र कांग्रेस केन्द्रीय सदस्य पनि हुन्।

सरकारले यसअघि कांग्रेसको कोटामा कान्ता रिजाललाई अस्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको थियो। तर उनीमाथि इजरायलका लागि राजदूत भएका बेला लगेका सहयोगीलाई स्वदेश फिर्ता नल्याएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि सरकारले राजदूत सिफारिसबाट नाम फिर्ता लिएको थियो।
 

प्रकाशित: Sep 09, 2024| 21:55 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्