शुक्रबार, माघ २, २०८२

अब मोबाइलबाटै खानाको पैसा तिर्न सकिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- अब मोबाइलबाटै अर्डर गरेको खानाको पैसा तिर्न सकिने भएको छ। भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र अनलाइनबाट रेस्टोराहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ बीच रणनीतिक साझेदारी भएसँगै सो सुबिधा पाइने भएको हो। 

खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले राजधानीमा बिहीबार एक कार्यक्रममाझ साझेदारीको घोषणा गरेका छन्। साथै सम्झौता पत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको शुरुवात गरेका हुन्। साझेदारीपश्चात फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्तीमार्फत मोबाइलबाटै तिर्न सकिने जनाइएको छ।

साझेदारीको घोषणा गर्दै खल्तीका निर्देशक अमितअग्रवालले भने,‘साझेदारीसँगै अनलाइनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाइलबाटै सजिलै पैसा भुक्तानी गर्न सक्नेछन्।’ उनका अनुसार खल्तीमार्फत नेपालमा अनलाइन भुक्तानी प्रणाली अझै सहज बनाउनेतर्फ काम अघि बढाइएको छ। नेपाल डिजिटल र नगद रहित बनाउने यात्रामा एउटा अर्को पाइला अगाडी बढाइएको छ।
 
त्यस्तै फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले खल्तीसँग साझेदारी गर्न पाउदा खुसी व्यक्त गरे। यसबाट डिजिटल भुक्तानी सुविधा सबै ग्राहकमाझ पुर्याउन पाउँदा उत्साहित भएको उनको भनाइ छ। ‘यस साझेदारीको फल स्वरुप फुडमान्डुका ग्राहकहरुले काठमाडौं र ललितपुरका तीन सयभन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एप प्रयोग गरेर मोबाइलबाटै भुक्तानी गर्न सक्नेछन्,’ उनले भने।

नेपालमा पछिल्लो समयमा इ–कमर्स र अनलाइन किनमेलको ट्रेन्ड ह्वात्तै बढेको छ। साझेदारी शुरुवातको अफर स्वरुप प्रयोगकर्ताले खल्तीमार्फत फुडमान्डुमा गर्ने प्रत्येक भुक्तानीमा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्ने जानकारी दिइएको छ।

सन् २०१० को नोभेम्बरमा शुरु भएको फुडमान्डु काठमाडौंका विभिन्न उत्कृट रेस्टोराहरूबाट खानाका परिकारहरू घरदैलोसम्म उपलब्ध गराउदै आएको छ।

खल्ती सन् २०१७ को जनावरीमा नेपाली बजारमा शुरुवात गरिएको हो। खल्ती एक पेमेन्ट गेटवे हो। खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ लगायत  सेवाहरु लिन सकिने जनाइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...