शनिबार, चैत २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यातायात कार्यालय झापाद्वारा गत आवमा ९३ करोड राजस्व संकलन

यातायात कार्यालय झापाद्वारा गत आवमा ९३ करोड राजस्व संकलन

 |  शुक्रबार, भदौ २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २१, २०८१

भद्रपुर- यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले आव २०७९/८० को तुलनामा पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ रूपैयाँ बढी राजस्व संकलन गरेको हो।

National life

यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/८० मा ८८ करोड ६ लाख ८७ हजार दुई सय ४७ रूपैयाँ राजस्व संकलन भएको थियो। गत आव २०८०/८१ मा २० हजार ६३ कुल सवारी दर्ता हुँदा १९ हजार नौ सय २० सवारी चालक अनुमतिपत्र वितरण भएको उनले बताए। यसैगरी कार्यालयले सवारी जाँचपास ११ हजार चार सय ४१ र रुट अनुमति पाँच सय ३४ दिएको थियो। 

गत आव २०८०/८१ मा सबैभन्दा धेरै सात हजार छ सय १५ मोटरसाइकल दर्ता हुँदा एक हजार सात सय पाँच ई-रिक्सा दर्ता भएको यातायात व्यवस्था कार्यालय झापाले जनाएको छ।

कार्यालयका अनुसार बस एक सय ५६, मिनिबस १०, माइक्रोबस १८, जिप एक सय ६०, कार दुई सय ७०, भ्यान एक सय ३६, पिकअप एकस २९, ट्र्याक्टर एक सय ४५, ट्रक ७८, मिनिट्रक १४ टिपर १४ गत आवमा दर्ता भएका छन्।

दर्ता भएका जम्मा सवारीमध्ये एक हजार दुई सय ५७ सार्वजनिक, नौ हजार चार सय ४९ निजी, ११ सरकारी, १३ लिलाम दर्ताका र एक हजार नौ सय ७५ सवारी सरुवा दर्ताअन्तर्गत रहेको यातायात कार्यालय झापाले जनाएको छ।  

kumari

निमित्त कार्यालय प्रमुख बोहराले हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको जानकारी दिए। रासस

प्रकाशित: Sep 06, 2024| 16:31 शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्