बुधबार, पुस २, २०८२

नेपाली बजारमा भित्रियो सामसङ ग्यालेक्सी ए०६

 |  बुधबार, भदौ १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१

काठमाडौं- नेपाली बजारमा सामसङ ग्यालेक्सी ए०६ भित्रिएको छ। सामसङको ए शृङ्खला अन्तर्गतको ग्यालेक्सी ए०६ ले नेपाली प्रयोगकर्तालाई बेस्ट अनुभूति दिने विश्वास कम्पनीको छ।

National life

कम्पनीका अनुसार ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको छ। डिभाइसमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा, २ एमपी डेप्थ सेन्सर रहेको छ। जसले स्पष्ट र डिलेट भएका फोटोहरू खिच्ने सुनिश्चित छ र उत्कृष्ट सेल्फीका लागि ८ एमपी फ्रन्ट क्यामेरा छ।

यस फोनमा ६.७ इन्चको एचडी प्लस पीएलएस एलसीडी स्क्रिन रहेको छ भने यसले माइक्रो एसडी मार्फत १ टिबीसम्म बाह्य मेमोरी सपोर्ट गर्छ।

कम्पनीका अनुसार ग्यालेक्सी ए०६ मिडिया टेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित छ, जसले गेमिङ, कन्टेन्ट हेर्ने र सेयरिङका लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ। यस फोनमा ५ हजार एमएएच ब्याट्री क्षमता र २५ वाट तीव्र चार्जिङ फिचर रहेको कम्पनीले जनाएको छ।

कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी ए०६ को ४/६४ जीबी भेरियन्टको मूल्य १५ हजार ४९९ रुपैयाँ तोकिएका छ भने ४/१२८ जीबी भेरियन्टको १७ हजार ४९९ रुपैयाँ तोकिएको छ।

Laxmi sunrise bank
kumari

यसैगरी ६/१२८ जीबी भेरियन्टको १९ हजार ४९९ रुपैयाँ तोकिएको छ। यो फोन खरिदमा २५ वाटको सामसङ एड्याप्टर निःशुल्क उपलब्ध हुने कम्पनीको भनाइ छ।

ग्यालेक्सी ए०६ खरिद गर्न चाहने ग्राहकलाई इन्स्टा फाइनान्सले शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ।

 

प्रकाशित: Sep 04, 2024| 15:12 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्