बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने

 |  मंगलबार, भदौ १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १८, २०८१

काठमाडौं- नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ।

National life

सोमबार बसको बैंकको विशेष साधारण सभाले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो।

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजी (एडिसनल टाएर वन क्यापिटल) को माध्यमबाट सेयर जारी गर्न लागिएको बैंकले जनाएको छ।

बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्‍याउनमा शेयरधनी लगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए।

सभाले पारित गरेको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ।

Laxmi sunrise bank
kumari

साथै यो नेपाली पूँजी बजारका लागि नविनतम् पूँजी उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यस सम्बन्धी व्यवस्था गरे पश्चात् नबिल बैंकले नै पहिलो पटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो।

सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्वीकृति पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी  ‘अग्राधिकार सेयर’ जारी हुने बैंकको भनाइ छ।

बैंकले हाल देशभर २६८ वटा शाखाहरू र ३१६ वटा एटिएमबाट २४ लाख भन्दा बढी सेवाग्राहीलाई बैंकिङ सेवा दिइरहेको छ।

प्रकाशित: Sep 03, 2024| 16:05 मंगलबार, भदौ १८, २०८१
प्रतिक्रिया दिनुहोस्