सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • स्मार्टफोनको क्यामेराबाटै निःशुल्क स्वास्थ्य जाँच गर्ने सुविधा दिँदै मेटलाइफ

Siddartha premir insuranceSiddartha premir insurance

स्मार्टफोनको क्यामेराबाटै निःशुल्क स्वास्थ्य जाँच गर्ने सुविधा दिँदै मेटलाइफ

 |  मंगलबार, भदौ १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १८, २०८१

काठमाडौं- मेटलाइफ नेपालले आफ्नो वन बाइ मेटलाइफ एप मार्फत निःशुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन (हेल्थ रिस्क असेसमेन्ट) सुविधा सुरु गरेको छ। यो विशेष अफर सेप्टेम्बर २०२४ को अन्त्य सम्म उपलब्ध छ, जस अनुसार एपमा दर्ता गर्ने जोकोहीले आफ्नो स्मार्टफोन क्यामेराको प्रयोगबाट ५० सेकेन्डमै आफ्नो स्वास्थ्य जाँच गर्न सक्नेछन्।

triton college

यो आकर्षक सुविधा सरल र प्रयोग गर्न पनि सजिलो छ। फोनको क्यामेरा प्रयोग गरेर एपले प्रयोगकर्ताको अनुहार स्क्यान गर्छ र तुरुन्तै मुख्य स्वास्थ्य मेट्रिक्स जस्तै मुटुको चाल, श्वासप्रश्वासको दर, रक्तचाप, अक्सिजनको स्तर र तनावको स्तर मापन गरी उपलब्ध गराउछ।

यसरी एक मिनेटभन्दा कम समयमै सम्पन्न हुने यो सम्पूर्ण प्रक्रियाले सही नतिजाका साथै प्रयोगकर्ताको स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण सूचकहरूको ट्र्याक राख्ने कम्पनीको दाबी छ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताहरूले सबैभन्दा पहिला वन बाइ मेटलाइफ एप डाउनलोड गर्नुपर्ने हुन्छ। त्यसपछि एपमा आफूलाई दर्ता गरेपछि लगइन गर्न सकिन्छ र निःशुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधा प्राप्त गर्न सकिन्छ।

यसका लागि एप भित्र रहेको होम ड्याशबोर्ड वा एपमा उपलब्ध ३६० हेल्थ आइकन छनौट गर्नुपर्ने हुन्छ। मेटलाइफ नेपालको यस पहलले मानिसहरूको व्यस्त तालिकाको बाबजुद स्वास्थ्य मापनलाई सबैको पहुँचमा पुर्‍याउने र सजिलो बनाउने बताइएको छ। यो सेवा निःशुल्क उपलब्ध गराएर कम्पनीले प्रयोगकर्ताहरूलाई आफ्नो फोनमा केही ट्यापहरूमार्फत आफ्नो फिटनेसको अपडेट लिन मद्दत गरिरहेको छ।

Metro Mart
vianet

यो सीमित समयको अफर भएको उल्लेख गर्दै मेटलाइफ नेपालले सबैलाई यो नौलो स्वास्थ्य उपकरणको अधिकतम उपयोग गर्न र लाभ लिन प्रोत्साहन समेत गरिरहेको छ।

 

प्रकाशित: Sep 03, 2024| 16:02 मंगलबार, भदौ १८, २०८१
प्रतिक्रिया दिनुहोस्