शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • साउनमा मेची भन्सारबाट एक अर्ब ८० करोडको सामान निर्यात

साउनमा मेची भन्सारबाट एक अर्ब ८० करोडको सामान निर्यात

 |  सोमबार, भदौ १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १७, २०८१

झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार रूपैयाँ बराबरको मालवस्तु विदेशी मुलुकमा निर्यात गरेको छ। जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात ९३ करोड सात लाख ३५ हजार रुपैयाँले कम हो।

National life

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउन महिनामा दुई अर्ब ७३ करोड ९० लाख ३४ हजार रुपयाँ बराबरको मालवस्तु निर्यात भएको थियो।

उनका अनुसार चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका मालवस्तु निर्यात भएको छ।

मेची भन्सारको तथ्यांकअनुसार गत साउनमा ५१ करोड २२ लाख ७८ हजारको चिया निर्यात हुँदा ३७ करोड ११ लाख १३ हजार रूपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ। जुन गत आव २०८०/८१ को तुलनामा क्रमश: ३८ दशमलव ०८ प्रतिशत र ४३ दशमलव ४९ प्रतिशतले बढी हो। 

यसैगरी गत साउनमा १६ करोड १२ लाख ५२ हजार रूपैयाँ बराबरको अलैँची निर्यात हुँदा ३४ करोड ९२ लाख ५९ हजार रुपैयाँ बराबरका फलाम तथा फलामका सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।

Laxmi sunrise bank
kumari

जुन गत आवको साउन महिनाको तुलनामा ८३ दशमलव २८ प्रतिशत र २९ दशमलव ७६ प्रतिशतले निर्यात घटेको हो। 

त्यस्तै भेनियर सिटको निर्यात सबैभन्दा धेरै पाँचसय तीन दशमलव ९७ प्रतिशतले बढ्दा छुर्पी, अदुवा, अम्रिसो, काउली, बन्दागोपी, ब्रोकाउलीलगायतका वस्तुको निर्यात घटेको मेची भन्सार कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Sep 02, 2024| 20:31 सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्