शुक्रबार, पुस ४, २०८२

मुना पाण्डेको हत्या अभियोगमा शाह पक्राउ

 |  शुक्रबार, भदौ १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १४, २०८१

प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा  टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिं शाहलाई पक्राउ गरेको छ। पाण्डेको  टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ। पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ।

National life

हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५:३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो। प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेका जनाइएको छ।

त्यहाँ उनीहरूले गोलीको प्रहारपश्चात निधन भएकी एक युवतीको शव बरामद गरेका थिए। पछि उनीहरूले पाण्डे भएको जानकारी गराएका थिए। प्रहरीले बुधबार मात्र शंकास्पद व्यक्तिको तस्विर सार्वजनिक गरेको थियो। सोही दिन साँझ संदिग्ध शाहलाई गिरफ्तार गर्न सफल भएका थिए।

नेपाली समुदायका अगुवाहरूले मुनाको न्यायको लागि प्रयास गरिरहने र संदिग्ध व्यक्तिलाई अधिकतम सजायको माग गरेका छन्।

प्रकाशित: Aug 30, 2024| 11:38 शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्