शनिबार, साउन ३१, २०८२

बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु

 |  शुक्रबार, भदौ १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १४, २०८१

vianetvianet
Metro Mart

गुलरिया- बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन्।

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गए राति नहरको किनारमा उनको चप्पल फेला परेको थियो। बालिकाको आज बिहान शव फेला परेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

नहर किनारमा चप्पल फेला परेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ वडा नम्बर ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको बताइएको छ। 

प्रकाशित: Aug 30, 2024| 11:26 शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्