शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रपति पौडेलले महिनामा एक दिन सार्वजनिक स्थल पुगेर नागरिकको गुनासो सुन्ने

राष्ट्रपति पौडेलले महिनामा एक दिन सार्वजनिक स्थल पुगेर नागरिकको गुनासो सुन्ने

 |  शुक्रबार, भदौ १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १४, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम तय भएको छ। सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम अनुसार राष्ट्रपति पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा जाने भएका हुन्। 

सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूको गुनासो सुन्नेछन् । यसअन्तर्गत पहिलो पटक आज भक्तपुर दरबार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 

राष्ट्रपति पौडेल आज बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको छ।

प्रकाशित: Aug 30, 2024| 07:29 शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्