शनिबार, जेठ १६, २०८३

'हेर्ने कथा' प्रभाव: प्रकाशलाई टासी लामाले १० लाख दिने

 |  बिहीबार, भदौ १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १३, २०८१

काठमाडौं- ‘हेर्ने कथा’ युट्युब च्यानलले भेट्टाएका भोजपुरको षडानन्द नगरपालिका-१० का प्रकाश तामाङ गोरखाको चुमभ्याली छाडेर घर फर्किएका छन्। गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर भोजपुरका लागि हिँडेका हुन्।

National life

उनलाई छेकम्पारबाट स-सम्मान बिदा गरिएको छ। उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकले समेत खादा लगाइदिएका थिए।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन्। त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने उनले बताए। उक्त रकम प्रकाशले बैंक खाता खोलेपछि मालिक टासी लामाले जम्मा गरिदिने भएका छन्।

१० वर्षको उमेरमा घरबाट हिँडेका प्रकाश काठमाडौंबाट हराएका थिए। त्यसपछि उनी काठमाडौंबाट गोरखाको चुम भ्याली पुगेका थिए। जहाँ उनले ३३ वर्षदेखि टासी लामाको गोठालोका रुपमा काम गरेर जीवन बिताएका छन्।

लामो समय गोठालो जीवन बिताएर अनागरिक रहेका प्रकाशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भेट्ने इच्छा जाहेर गरेका छन्। गाउँपालिका अध्यक्ष लामाले प्रकाशलाई प्रधानमन्त्रीसँग भेटाउने तयारी भएको बताएका छन्।

Shivam cement

प्रकाश चुमनुब्रीबाट हिँडेपछि पहिले काठमाडौं पुग्ने भएका छन्, जहाँ उनलाई प्रधानमन्त्री ओलीसँग भेटाउने कार्यक्रम बनाइएको छ। त्यसपछि उनलाई भोजपुर पठाएर नागरिकता बनाइदिने तयारी गरिएको छ।

उता भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले साङ्पाङस्थित उनको घरैमा पुगेर नागरिकता बनाइदिने, बृद्ध बुवाको उपचार गरिदिने र गाउँमै रोजगारीका लागि पहल गरिदिने प्रतिबद्धता जनाएका छन्।

 

प्रकाशित: Aug 29, 2024| 21:07 बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्