सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।
लिलादेवी गड्तौलाले अनिवार्य अवकाश पाउन लागेपछि अर्याल मुख्यसचिवमा बढुवा भएका हुन्। अहिले उनी गृहसचिव छन्।
अर्याल २ वर्षभन्दा बढी मुख्यसचिव रहनेछन्। मुख्यसचिवका लागि पाँच जना सचिव दाबेदार देखिएका थिए।